
राष्ट्रपतिलाई अपमानित गर्नेलाई कारवाही गर्न माग
राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपमानीत गर्नेलाई कारवाही गर्न अखिल नेपाल महिला संघले माग गरेको छ ।
पटक–पटक एक जना महिला राष्ट्र प्रमुख माथि अमर्यादित र अपमानजन शव्द प्रयोग भएको भन्दै अनेमसंघ गोरखाले त्यसको भत्र्सना गरेको हो ।
आइतवार प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाउदै राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रपति माथि बिभिन्न लान्छना लगाउने कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको संघका केन्द्रिय सदस्य सम्झना देबकोटाले बताईन ।
राष्ट्रपतिबाट संविधान प्रदत्त दायित्व निर्वाह गर्दाका बिषयहरु माथि प्रश्न उठाई केही राजनितिक दल, केही संचार माध्यम लगायत सामाजिक सञ्जालमा बिभिन्न किसिमका गाली गलौज गर्ने, अपमानित गर्ने, सामाजिक संजालहरुमा अमर्यादित टिप्पणीहरु गर्ने तथा बिभिन्न लाल्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता कार्य प्रति संघ घोर निन्दा एवं आपत्ति जनाउदै घोर भत्र्सना सहिद खेद व्यक्त गर्दछ,’ ज्ञापन पत्रमा उल्लेख छ ।
यस्ता गतिविधी तत्काल रोक्न र अवाञ्छिट गतिविधीमा संलग्नलाइ कानूनको दायरामा ल्याउन कानून बमोजिम कारवाही गर्न पनि केन्द्रिय सदस्य देवकोटाले माग गरिन ।
अनेमसंघ गोरखाकी अध्यक्ष नानुमाया थापा मगरले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन पत्र बुझाएकी हुन् ।




