गोरखा नगरपालिकामा पाँच जना संक्रमित थपिए
गोरखा नगरपालिका क्षेत्रमा पाँच जना कोरोना संक्रमित थपिएका छन् ।
जेठ १३ गते पिसिआर जाँच गरिएका मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
तीन जना पुरुष र एक जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो । तीन जना वडा नम्बर ८, एक जना ६ र अर्का एक पुरुष शहीदलखन ७ का रहेका छन् ।




