| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आइतबार १०४ जना कोरोना संक्रमित थपिए


आइतबार गोरखामा १०४ जना कोरोना पोजेटिभ थपिएका छन् ।

पिसिआर र एण्टिजेन प्रविधिमार्फत गरिएको परीक्षणमा ६० जना महिला र ४४ जना पुरुषमा कोभिड १९ पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससंगै गोरखामा अहिलेसम्म संक्रमितको संख्या तीनहजार ४६ पुगेको छ । सक्रिय संक्रमितको संख्या पन्द्रसय सात छ । अहिलेसम्म गोरखा घर भई गोरखामै वा विभिन्न जिल्लामा कोभिडका कारण मृत्यू हुनेको संख्या २८ रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्