
माओवादी नेता श्रेष्ठद्धारा स्वास्थ्य सामग्री सहयोग
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको स्वास्थ्य संस्था र स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
श्रेष्ठले स्वास्थ्य कार्यालय गोरखालाई १० थान अक्सिजन सिलिण्डर, गोरखा अस्पताललाई १० वटा सिलिण्डर सहयोग गरेका हुन् ।
त्यस्तै उनले भिमसेन थापा र शहीदलखन गाउँपालिकाका लागि दुई थान अक्सिजन कन्सनत्रेटर सहयोग गरेका थिए । स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको सिलिण्डर स्थानीय तहको स्वास्थ्य संस्थामा पठाईने उनले बताए ।




