
गणतन्त्र दिबसको अवसरमा गोरखा नगरपालिकामा सरसरफाई
गणतन्त्र दिबसको अवसरमा गोरखा नगरपालिका हातामा सरसफाई गरिएको छ ।
शनिवार गोरखा नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारी भएर कार्यालय हातामा सरसफाई गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।
‘कोरोना प्रभावका कारण अन्य कार्यक्रम भएन, थोरै कर्मचारी र जनप्रतिनिधिले सरसफाई ग¥यौँ’ उनले भने । कार्यालय परिसरमा रहेको फुल गोड्ने, झार उखाल्ने, बाडार्ने गरिएको थियो ।




