
स्वास्थ्यकर्मी माथिको आक्रमणको स्वास्थ्यकर्मी संघ गोरखाद्धारा बिरोध
भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको आक्रमणको नेपाल टे«ड युनियन कांग्रेस आवद्ध नेपाल स्वास्थ्यकर्मी संघ गोरखाले भत्र्सना गरेको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरु माथि भएको आक्रमण दुब्यवहार निन्दनिय भएको संघको ठहर छ । साथै दोषीलाई कानून अनुसार कडा कारवाही गर्न माग गरिएको छ ।
जिल्ला कार्यसमिति अध्यक्ष सरद श्रेष्ठद्धारा जारी विज्ञप्तीमा कोभिड १९ नियन्त्रणमा रातदिन खटिएका स्वास्थ्यकर्मीहरुको योगदानको उचित मुल्याङ्कन गर्न सरकारलाई आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्थानीय तहमा सरुवा वा समायोजन गरिएका स्वास्थ्यकर्मीहरुको हालसम्म पनि निवेदन दर्ता नभएको प्रति संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
कोभिड १९ को महामारीमा स्वास्थ्यकर्मीहरुलाई हाजिर नगराई सेवा प्रदान गर्नबाट बञ्जित गराउन जनस्वास्थ्य बिपरित भएको संघको ठहर छ । सोही अनुरुप सबै स्वास्थ्यकर्मीहरुको हाजिर तथा कामकाजका लागि सहज वातावरण बनाईदिन संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह समेत गरेको छ ।




