
बारपाकमा सात सय २२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५८ जना पोजेटिभ
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा शुक्रवार सात सय ३२ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ ।
ती मध्ये ५८ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए । पोजेटिभ रिपोर्ट आएकामा अधिकांस वृद्धवृद्धा छन् । तीन सय ९८ जना महिला र तीन सय २४ जना पुरुषको ऐन्टिजेन परीक्षण गर्दा ४० जना महिला र १८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।
दुई सातामा १३ जनाको मृत्यू भएपछि शुक्रवार गण्डकी प्रदेश, जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) र गाउँपालिको सहित तीनवटा टोलीले ऐन्टिजेन परीक्षण गरेको थियो । शुक्रवार दिनभरी वर्षात भएका कारण परीक्षणमा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।




