
सुन काण्ड चलिरहँदा हिरा सहित ८ प्रहरी नियन्त्रणमा
काठमाडौंको लैनचौरबाट प्रहरीले तीन करोड रुपैया बराबरको कालो हिरा बरामद गरेको छ ।
कालो हिरा बिक्रिका लागि मोलमोलाई भईरहेको विषेश सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका डिएसपी दान बहादुर मल्ल नेतृत्वको टोलीले हिरासहित आठजनालाई नियन्त्रणमा लिएको हो ।
३०.२४/३०.२४ क्यारेटका २ थान कालो हिरा(Black Diamond) बिक्रि गर्न बार्गेनिङ गर्दै गरेका लैनचौरका रमेश रजक सहित ८ जनालाई नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवनमा पठाएको जनाएको छ।




