| सोमवार, कार्तिक २३, २०८३

गोरखामा निषेधाज्ञा १० दिन लम्बियो

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाको बैठले जारी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले यस अघि जेठ १५ गते शनिवार सम्मका लागि तोकेको निषेधाज्ञा २५ गते सम्म लम्ब्याएको हो ।
निर्माण सामग्री ढुवानी रातीमा गर्न दिने यस अघिको निर्णयलाई परिर्वतन गर्दै डिसिसिएमसीले दिउँसोको समयमा ढुवानी गर्न पाउने ब्यवस्था गरेको छ ।

तर ढुवानीका साधनमा चालक र सहचालक परिचय पत्र सहित दुई जना मात्र सवार हुन पाउनेछन् । बैंक, बित्तिय संस्था, बजारहरुको हकमा भने यस अघिको निर्णय नै कायम रहने भएको छ ।

निर्माणका काममा खटिने मजदुर जिल्ला भित्रै एकठाउँबाट अर्को ठाउँमा जानका लागि अनुमती लिएर लैजान सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्