
खाने तेलको अनियमितता बारे बजार अनुगमन
तोरीको तेल किन्दा भटमासको तेल पनि किन्नु पर्ने अबस्था आएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार बजार अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको नेतृत्वमा प्रशासकीय अधिकृत गणेशप्रसाद भट्टराईसहितको टोलीले थोक बिक्रेताहरुको पसलमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा व्यापारीसँग सोधखोज गर्दा उद्योगले नै भटमासको तेल जबर्जस्ती लादेर पठाएकाले आफूहरुले पनि त्यस्तै गर्न बाध्य भएको व्यापारीले बताएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारीसँग थप प्रष्ट पार्न उनीहरुलाई बिहिबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको भट्टराईले बताए ।
अनुगमन टोलीले बिहान १४ नयाँ पसलको पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा खानेतेल र चामलको मूल्य वृद्धि हुनुको कारण खोजिएको थियो ।
सो क्रममा व्यापारीले उद्योगले नै मूल्य वृद्धि गरेकाले आफूहरुले पनि बढाएको बताएका भट्टराईले बताए ।




