| आइतवार, कार्तिक २२, २०८३

बारपाक आसपासका गाउँलाई प्रदेश सांसद दवाडीद्वारा स्वास्थ्य सामग्री


कोरोरा महामारी फैलिएको आशंका गरिएको बारपाक आसपासका गाउँलाई गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।


बारपाक आसपासका मान्द्रे, स्नान, पोखरी र राङरुङका बासिन्दाका लागि मास्क, सेनिटाइजर, अक्सिमिटर र रुघाखोकी, ज्वारोमा प्रयोग हुने साधारणका खालका औषधीहरु प्रदान गरेका हुन् ।
सांसद दवाडीले पठाएका स्वास्थ्य सामग्री बिहिबार तरुण दलका नेता भागवत रेग्मीले ती गाउँहरुमा पुगेर वितरण गरेका हुन् ।


शुक्रबार थप स्वास्थ्य सामग्री लिएर आफू पनि बारपाक जाने कार्यक्रम रहेको सांसद दवाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्