
विश्वासको मत पाउँछौँ, नपाए चुनाव हुन्छ : मन्त्री बस्नेत
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशको सरकारले विश्वासको मत पाउने, नपाए चुनाब हुने बताएका छन् ।
गृहजिल्ला गोरखा पुगेका मन्त्री बस्नेतले पत्रकारहरुसंगको कुराकानीमा सरकारले विश्वासको मत लिने दाबी गरेका हुन् । ‘हामीले विश्वासको मत लिन्छौँ । नलिए चुनाब हुन्छ । लामो कुरै छैन’, उनले भने, ‘एउटा पार्टीले मात्र सरकार बनाउन नसक्ने अबस्था आयो भने जो सुकैसँग समन्वय गरेर मिलीजुली सरकार बनाउँछौँ । यसबारेमा विभिन्न चरणमा गम्भीर छलफलहरु भइरहेका छन् ।’ विश्वासको मत लिने विभिन्न आधारहरु रहेको उनले बताए ।
‘हामीले विश्वासको मत लिन नसक्ने आधार के छ ?’, उनले भने, ‘कि हामीले काम नगरेको हुनुप¥यो, कि आलोचनायोग्य काम गरेको हुनुप¥यो । विश्वास कि अविश्वास भन्ने कुरा कामको गुण र दोषको आधारमा हुनुपर्छ । पूर्वाग्रही हुनुहुदैन ।’
आउँदो जेठ १६ गतेदेखि संसद अधिवेशन बोलाइएको भन्दै उनले २७ गतेभित्र विश्वासको मत लिने बताए । ‘विश्वासको मत पाइएन भने आखिर चुनाव भन्दा अर्को विकल्प पनि छँदा पनि त छैन’, उनले भने, ‘जनताले पाँचसबर्षसम्म सरकारमा जाऊ भनेर चुनेर पठाइसकेपछि बीचमा चुनावमा जाने रहर त हाम्रो होइन । हामी त भन्छौँ, नजाने तर सबै राजनीतिक पार्टीहरुले पनि भन्नुप¥यो, चुनावमा जाने कि नजाने ।’ केही दिनअघि एमालेबाहेकका अरु पार्टीको सरकार बन्न नसकेकाले फेरि असफल प्रयास गर्नु व्यर्थ रहने उनले बताए ।
मन्त्री बस्नेतले प्रदेश सरकारले स्वास्थ्य कार्यालय गोरखाका लागि पठाएको आठहजार छसय ५५ थान एण्टिजेन किट्स कार्यालय प्रमुख नरजङ ठकुरीलाई हस्तान्तरण गरेका छन् । पालिकाहरुको आवश्यकताको आधारमा पठाउन आग्रह गर्दै उनले पिसिआर रिपोर्ट आउन दुईहप्तासम्म लाग्ने भएकाले गाउँगाउँका लागि एण्टिजेन परीक्षण नै प्रभावकारी रहेको बताए ।




