| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

गोरखामा राष्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । जनता समाजबादी पार्टीको बिद्यार्थी संगठन समाजबादी बिद्यार्थी यूनियनको नेतृत्वमा सदरमुकामको लोकतान्त्रिक चोकमा पुत्ला दहन गरेको हो ।
समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष मिलन न्यौपानेको नेतृत्वमा पुत्ला दहनमा सहभागीहरुले राष्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्