
युएनडिपीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
भूकम्प पश्चात गोरखा जिल्लामा निजी आवास पुन र्निर्माणमा काम गरिरहेको भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निमर्ाण परियोजनाको कार्यक्षेत्र रहेका गोरखाको २ नगरपालिका र ५ गाँउपालिकामा कोभिड १९ प्रतिकार्य सम्बन्धीस्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परियोजनाले गोरखा अस्पताल र आँपपिपल अस्पताल एवम् शव व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।
परियोजनाको कार्यक्षेत्र रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिदलखन गाँउपालिका, धार्चे गाँउपालिका,गण्डकी गाँउपालिका, अजिरकोट गाँउपालिका र आरुघाट गाँउपालिकामा सहयोग सामग्री हस्तान्तरण गरेको छ । पालिकाले स्वास्थ्य सामग्री सहयोगले कोभिड प्रतिकार्यमा सहयोग पुग्ने भन्दै सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी तथा सिड्स टेक्निकल सर्भिसेस् प्रा.लि. प्रति आभार रहेको बताए ।

हस्तान्तरण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले हालको अवस्थामा स्वास्थ्य सामग्री अति आवश्यक भएको र यसवाट कोभिड जस्ता महामारीबाट नागरिकको जीवन रक्षामा सहयोग पुग्ने यस खालका सामग्री आवश्यकता अनुसार आगामी दिनमा समेत सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरे । यस्तै डिसिएमसी गोरखाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेलले विश्वव्यापी माहामारीले गोरखा जिल्लालाई पनि आक्रान्त पारेको समयमा यस किसिमको सहयोग गरेकोमा धन्यवाद दिंदै अन्य संघ संस्थालाई पनि यसरी नै सहयोग गर्न अनुरोध गरेका छन् ।

सबै पालिकामा गरेर पि.पि.ई सेट – पि. पि. ई सुट, फेस सिल्ड, ग्लोव्स्, मेडिकल मास्क र बुट १०० सेट, अक्सिमिटर ५५थान, फेस सिल्ड ५००थान, सर्जिकल ग्लोव्स ३००जोडी, एन९५ मास्क ४२० थान, हयान्ड स्यानिटाईजर २८ लिटर, अक्सिजन मास्क १०थान, एडजष्टेबल भेनिचुरी मास्क १०, हयाण्ड वास सोलुसन २०, स्क्रबगाउन २०, डिस्पोजेवल ग्लोव्स् ६० प्याकेट र एन्टिजेन किट २५ थान लगायतका कोभिड प्रतिकार्य सम्बन्धी सामग्री हस्तान्तरण गरिएको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले बताए ।




