
राधा फाउण्डेसनको सहयोगमा जौवारी र आँपपिपलमा स्वास्थ्य सामग्री सहयोग
राधा पौडेल फाउण्डेसनबाट सहयोग प्राप्त स्वास्थ्य सामाग्री अक्सिजन कन्सनट्रेटर–२, पल्स अक्सिमिटर–५ पि.पि.ई. सेट–५ ,प्याड– २५ प्याकेट, फेस सिल्ड –५० पिस गोरखाका स्वास्थ्य संस्थालाई सहयोग गरिएको छ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा उपलब्ध भएको उक्त सामग्री गोरखाका सचिवालय सदस्य नवराज पुडासैनीले गोरखाको जौबारी प्राथमिक स्वास्थ्य केन्द्र र आपपिपल अस्पताललाई सामग्री उपलब्ध गराएका हुन् ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित एक साता अघि गोरखाका आएका थिए ।
विभिन्न ठाउँमा गरी कुल ५२१ जनाको एन्टिजेन परीक्षण भएको र उनीहरूमध्ये ९७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । एन्टिजेन परीक्षण पछि विभिन्न स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामग्री पनि वितरण गरिने कार्यक्रम रहेको थियो ।
तर, स्वास्थ्य सामाग्री गोरखा आइपुग्न ढिला भएकाले उक्त सामाग्री केहीदिन अघि बितरण गरिएको हो ।




