
वडा सदस्य केसीको पहलमा गाउँपालिकालाई २ थान अक्सिजन मेसिन सहयोग
करुणा फाउण्डेशन नेपालको सहयोगमा आँबुखैरेनी गाउँपालिकालाई मंगलबार २ थान अक्सिजन मेसिन सहयोग गरिएको छ ।
युवा समाजसेवी एवं वडा नं. ३ का वडा सदस्य दिनेश केसीको पहलमा गाउँपालिकालाई सो अक्सिजन मेसिन सहयोग गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस संक्रमणको यस बिषम परिस्थितीमा गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिन उक्त सहयोग गरिएको सदस्य केसीले बताए ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेललाई सो अक्सिजन उत्पादन गर्ने मेसिन हस्तान्तरण गरिएको छ ।
आँबुखैरेनीमा अक्सिजन उत्पादन गर्ने मेसिनको आवश्यकता रहेको र मेसिन उपलब्ध गराएको प्रति पालिका अध्यक्ष थापाले संस्था र समन्वय गर्ने युवा समाजसेवी केसीलाई धन्यवाद दिए ।




