
लायन्स क्लव अफ तारानगरद्धारा स्वास्थ्य सामग्री सहयोग
लायन्स क्लब अफ तारानगरले गोरखा नगरपालिका वडा नम्वर १०, ११ र १२ मा रहेका स्वास्थ्य चौकीलाइ अक्सिमिटर र थर्मगन सहयोग गरेको छ ।
कोरोना संक्रमित सँगै चौकीमा आउने बिरामीको उपचारमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य सामग्री वितरण गरिएको क्लवका अध्यक्ष सुरेन लामिछानेले बताए ।
तारानागर स्वास्थ्य चौकीलाइ १ थान थर्मगन, वडा नम्वर ११ को स्वास्थ्य चौकीलाई ३ थान अक्सिमिटर र थर्मगन १ थान, स्वास्थ्य चौकी छेवेटारलाइ २ थान अक्सिमिटर र १ थान थर्मगन वितरण गरिएको अध्यक्ष लामिछानेले बताए ।
त्यस्तै बाह्र किलो प्रहरी चौकीलाइ अक्सिमिट र थर्मगन एक/एक थान, वडा नम्वर ११ को कार्यालयलाई १/१ थान थर्मगन र अक्सिमिटर र पत्रकार महासंघ गोरखालाई २ थान अक्सिमिटर वितरण गरिएको उनले जानकारी दिए । संस्थाले बाह्र किलो चोकमा निशुल्क पिउने पानीको नियमित ब्यवस्था गरेको छ ।







