
कोखेका मियाँद्वारा बिरामी बोक्न नीजि गाडी प्रदान
गोरखा नगरपालिका वडा नं. २ तल्लोकोखेका रियाजुदिन मियाँले आफ्नो वडाका जुनसुकै खालका बिरामी बोक्नका लागि आफ्नो नीजि गाडी प्रदान गरेका छन् । वडा कार्यालयमा एक अनौपचारिक कार्यक्रम गरी मियाँले आफ्नो ग ३ च २८६ नम्बरको इसुजु हाइलक्स जीप वडाअध्यक्ष रहमतुल्ला मियाँलाई प्रदान गरेका हुन् ।
सो गाडी निषेधाज्ञा अवधिभर कोभिडका वा जुनसुकै खालका बिरामी घरबाट अस्पताल जान र अस्पतालबाट घर जाने प्रयोग गर्न प्रदान गरिएको मियाँले बताए ।
सो गाडी आवश्यक पर्नेले वडा अध्यक्ष, वडा सदस्य तथा स्वास्थ्य समितिलाई ९८५६०४०३३३, ९८४६३१७७०३, ९८४५५४३६०४, ९८४६२५१७१६ र ९८४६३७७३५७ मा संपर्क गर्न वडाअध्यक्ष मियाँले जानकारी दिए ।




