| सोमवार, कार्तिक २३, २०८३

घैरुङ दार्चेमा स्वास्थ्य सामग्री वितरण


कोभिड १९को जोखिम न्यूनिकरण गर्न भन्दै शहीदलखन गाउँपालिका ६ को दार्चे सेवा समाजले गाउँमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।


समाजको आपतकालीन कोषको रकमले स्थानीय ९० घरधुरीका परिबारलाई आइतबार मास्क, सेनिटाइजर, पञ्जालगायतका सामग्री वितरण गरेको समाजका महासचिव रेशम रेग्मीले जानकारी दिए ।


उनका अनुसार ५२० थान मास्क, १० लिटर सेनिटाइजर, दुईसेट पिपिई, पाँच थान थर्मोमिटर, दुईथान थर्मोगन, दुईथान अक्सिमिटर, एकसय थान डिटोल साबुन र एकसय थान जीवनजल वितरण गरिएको हो ।


दार्चे सेवा समाजका अध्यक्ष सुरज रेग्मीले दार्चे टोल विकास संस्थाका अध्यक्ष खुनप्रसाद रेग्मीलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको महासचिव रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्