
कोभिड १९ बाट गोरखा थालाजुङका दुईजनाको मृत्यू
कोभिड १९ कारण आइतबार गोरखा थालाजुङका दुई जनाको मृत्यू भएको छ ।
सिरानचोक गाउँपालिका २ थालाजुङका ८१ बर्षका पुरुष र ५९ बर्षकी महिलाको मृत्यू भएको हो ।
थालाजुङ बस्ने ८१ बर्षीय वृद्ध बिरामी भएपछि थप उपचारका लागि चितवन गएका थिए ।
चितवनमै मृत्यू भएको जनाइएको छ । त्यस्तै थालाजुङ स्थायी ठेगाना भई चितवन बस्ने महिलाको पनि आइतबार कोरोनै कारण मृत्यू भएको हो ।




