
गोरखामा छ सय संक्रमितले कोरोना जिते
गोरखामा कोरोना संक्रमित निको हुने दर बढेको छ ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार अहिले सम्म एक हजार दुई सय ८० जना संक्रमित मध्ये ६७९ मात्र सक्रिय संक्रमित छन् । छ सय भन्दाबढिले कोरोना जितिसकेका छन् ।
भिमसेन थापा गाउँपालिकामा एक सय ८९ जनाले कोरोना जितेका छन् ।
गोरखा नगरपालिका एक सय १४, शहीदलखन गाउँपालिकाका ९६, आरुघाट गाउँपालिकाका ७५, पालुङटार नगरपालिकाका ३५, गण्डकी गाउँपालिका २८, धार्चे १८, सिरानचोकका १६, बारपाक सुलिकोटका २ जनाले कोरोना जितिसकेका छन् ।
अन्य जिल्लामा संक्रमण पुष्टि भएर जिल्ला भित्र बसेका हरुले पनि संक्रमण जितेका छन् । संक्रमण पुष्टि भएको १४ दिन सम्म एकान्तबास बसेर स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेपछि कोरोना निको हुने मापदण्डलाई आधार बनाइएको छ ।
३ जनाको जिल्ला भित्रै, ८ जना जिल्ला भित्र पोजेटिभ देखिएका र उपचारको क्रममा जिल्ला बाहिर निधन भएको छ । अन्य संक्रमित भने कोरोना जितेर बसेका छन् ।
अझै एक हजार दुई सय ८३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।




