| सोमवार, कार्तिक २३, २०८३

हवल्दार साजन गुरुङ उत्कृष्ठ काम गर्ने प्रहरी

प्रहरी हवल्दार साजन गुरुङ राम्रो काम गर्ने प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको मूल्यांकनमा उनी वैशाख महिनाको उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरीका रुपमा घोषित भए ।
राम्रो काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना अनुसार बैशाख महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा गुरुङलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफुलाई तोकिएको जिम्मेवारी अनुशासनमा रही ईमान्दारिताका साथ उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेकाले गुरुङलाई पुरस्कृत गरिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

जिल्ला प्रहरी कर्यालयका प्रहरी प्रमुख एसपी शेखर खनालले उनलाई प्रशंसा पत्र प्रदान गर्दै सबै प्रहरीलाई कर्तब्यनिष्ठ भएर काम गर्न अनुरोध गरे । गोरखा प्रहरीले हरेक महिना राम्रो काम गर्ने प्रहरीलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्