
बजार अनुगमन : तरकारी र फलफुल पसलमा मूल्यसुची छैन
गोरखा सदरमुकामका अधिकासं तरकारी र फलफुल पसलले मूल्यसुची नराखेको पाइएको छ ।
गोरखा नगरपालिकाले शनिवार बिहान बजार अनुगमन गर्दा केही दर्ता हुन बाँकी रहेका, बोर्ड पनि नटाँगिएका र मूल्य सुची अधिकासंमा नभएको भेटिएको बजार अनुगमन टोलीका संयोजक चेतप्रसाद अम्गाईले बताए ।
निषेधाज्ञाका बेला बिहान ९ बजे सम्म खुल्ला रहने ति पसलहरुले मूल्य वृद्धी गरे नगरेको, दर्ता प्रक्रिया पुरा भए÷नभएको बारे अनुगमन टोलीले निरीक्षण गरेको जनाएको छ । प्रक्रिया पुरा गर्न बाँकी पसलहरुलाई निषेधाज्ञा खुलेको एक साता भित्र दर्ता गर्न निर्देशन दिइएको अम्गाईले बताए ।
तरकारी, फलफुल पसल खुल्ला रहन पाउने भनिएप्छि बिना दर्ता चलेको गुनासो बढेकाले अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।





