
दलित विद्यार्थी संघ गोरखाद्धारा प्रहरीलाई मास्क र सेनिटाईजर प्रदान
दलित विद्यार्थी संघ गोरखाले प्रहरीलाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री बितरण गरेको छ ।
दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष रचन परियारले गोरखा प्रहरीलाई उक्त सामग्री उपलब्ध गराएका हुन् । एक हजार थान मास्क, पाँच लिटर सेनिटाईजर र एक थान स्प्रे सेनिटाईजर बितरण गरिएको अध्यक्ष परियारले बताए ।




