
गोरखामा कोरोना पोजेटिभ दर ३२ निको हुने दर ३६ प्रतिशत
गोरखामा कोरोना सक्रमण दरको तुलनामा निको हुने दर बढेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार निको हुने दर ३६ प्रतिशत छ । अहिले सम्म संक्रमित एक हजार दुई सय नौ जना मध्ये सक्रिया संक्रमित सात सय ७८ छन् ।
पिसिआर र एन्टिजिन परीक्षण गरेका मध्ये करिब ३२ प्रतिशतलाई संक्रमण देखिएको छ । गोरखामा मृत्यूदर भने सुन्य दशमलव ८२ प्रतिशत छ ।
१३७९ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।




