
गोरखा नगरपालिकामा एण्टिजेनबाट कोरोना परीक्षण सुरु, शुक्रबार १५ जनामा पोजेटिभ
गोरखा नगरपालिकाले एण्टिजेन परीक्षण सुरु गरेको छ । पिसिआर परीक्षणको रिपोर्ट आउन धेरै लामो समय लाग्ने भएकाले तत्काल संक्रमित पहिचान गर्न एण्टिजेन परीक्षण गर्न सुरु गरिएको कोरोना फोकल पर्सन निश्चल अर्यालले जानकारी दिए ।
शुक्रबार वडा नं. १२ रानीटार र वडा नं. ९ लक्ष्मीबजारमा गरिएको परीक्षणमा १५ जनामा पोजेटिभ देखिएको छ । रानीटारमा दुई जना र लक्ष्मीबजारमा गरिएको परीक्षणमा १३ जनाको पोजेटिभ देखिएको उनले बताए ।
यसअघि गत दुई गते स्वाब संकलन गरी पोखरा पठाइएका बिरामीहरु सञ्चो भएर मकै गोड्न हिडिसकेको तर अहिलेसम्म रिपोर्ट नआएको उनले बताए ।




