
जिल्ला युवा समितिद्धारा आरुघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
जिल्ला युवा समिति गोरखाले आरुघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
युवा समितिका अध्यक्ष राजन गुरुङ सहितको टोलीले दुईहजार थान मास्क, एक सय लिटर सेनिटाईजर, एक हजार थान साबुन, तीन सय थान थर्मोमिटर, ५० थान अक्सिमिटर सहयोग गरेका हुन् ।
पाँचसयजना लाई पुग्ने भिटामिन, सी, डी, जिंक चक्की तथा पारासिटामोल लगायतका औषधी पनि उपलब्ध गराइएको युवा समितिका अध्यक्ष गुरुङले बताए ।
गाउँपालिका भित्रका हरेक वडामा स्वास्थ्य सामग्री र औषधी पु¥याउने र कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहयोग गर्ने उद्देश्यले सहयो गरेको अध्यक्ष गुरुङले जानकारी दिए । समितिले वडा अध्यक्षहरु मार्फत उक्त सामग्री पठाएको छ ।




