| सोमवार, कार्तिक २३, २०८३

रिभर दरौदीद्वारा मसेलका घरघरमा स्वास्थ्य सामग्री


मसेलको सामाजिक संस्था रिभर दरौदी क्लबले त्यहाँका घरघरमा स्वास्थ सामाग्री बितरण अभियान सञ्चालन गरेको छ ।


भीमसेनथापा गाउँपालिका १(साबिकको मसेल ५ र ६) को प्रत्येक घरमा एक थान थर्मोमिटर, एक प्याकेट (५०पिस) सर्जिकल मास्क, दुईओटा साबुन, एउटा स्यानिटाइजर र एक पत्ता सिटामोलका दरले बितरण गरेको छ ।

क्लबले केहि दिनदेखि आफ्नो सामाजिक सज्जाल फेसबुक पेजबाट स्वास्थ्य सामग्री वितरणका लागि आर्थिक संकलन अभियान सञ्चालन गर्दै आएको थियो ।


भीमसेन थापा १ को वडा अध्यक्ष बद्री नारायण श्रेष्ठ र खान्चोक स्वास्थ्य चौकीका प्रमुख सुमन श्रेष्ठको रोहबरमा बिहिबार सो सामाग्रीहरु वितरण गरेको क्लवले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्