
लायन्स क्लव अफ गोरखाद्वारा गोरखा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान
लायन्स क्लव अफ गोरखाले गोरखा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोरोना भाइरस(कोभिड १९)का बिरामीलाई प्रयोग गर्नका लागि पाँच थान अक्सिजन सिलिण्डर उपलब्ध गराइएको क्लवका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।
बिहिबार बिहान गोरखा अस्पतालमा एक अनौपचारिक कार्यक्रम गरी क्लवका अध्यक्ष श्रेष्ठले अस्पतालका आइसोलेशन इञ्चार्ज अजयराज गौतमलाई हस्तान्तरण गरेका हुन् ।
अक्सिजनको अभावले कोभिडका बिरामीले समस्या झेल्नु नपरोस् भन्ने उद्देश्यले अस्पतालाई सहयोग गरिएको श्रेष्ठले बताए ।




