
भूकम्पले गोरखाको विरुवाटारका एक वृद्धाको घर भत्कियो, पाँच कुखुरा मरे
बुधबार बिहान गएको भूकम्पले गोरखामा एउटा घरको गारो भत्किएको छ । पालुङ्टार नगरपालिका वडा नं. ७ बिरुवाटार फेदीकी जौमाया श्रेष्ठको घरको गारो भत्किएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहान पौने छ बजेको भूकम्पले गारो भत्किँदा श्रेष्ठले पालेका पाँचवटा कुखुरा चेपिएर मरेका एसपी शेखर खनालले जानकारी दिए ।
लम्जुङको भुलभुले केन्द्रविन्दू भएर बुधबार बिहान पौने छ बजे ५.८ रेक्टरस्केलको र ८ः१६ बजे ४ रेक्टर, ८ः१७ मा ४.१ रेक्टर र ८ः२६ मा ५ः३ रेक्टरस्केलको भूकम्प गएको थियो ।




