
गोरखामा १७८ जना कोरोनामुक्त भए
मंगलवार गोरखामा एक सय आठ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायण बाबु अर्यालका अनुसार तीन सय ४१ जनाको पिसिआर रिपोर्ट आएको मध्ये गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाका सबैभन्दा धेरै रहेका छन् ।
मंगलवार एक सय छ जनाको एन्टिजिन परीक्षण गएको मध्ये २७ जनाको रिपोर्ट पाजेटिभ आएको स्वासथ्य कार्यालय गोरखाका महामारी फोक पर्सन अर्यालले बताए ।
अझै गोरखामा एक हजार पाँच सय ७० जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । मंगलवार सम्म गोरखामा सात सय २१ जना सक्रिय संक्रमित उपचाररत छन् ।
एक सय ७८ जनाले भने कोरोना जितेका छन् । ति मध्ये ४६ जना जिल्ला बाहिर कोरोना पुष्टि भएर जिल्ला भित्रै रहेका र एक सय ३२ जना जिल्ला भित्रै स्वाब लिएर पोजेटिभ रिपोर्ट आएकाहरु हुन् ।
अहिले सम्म सबैभन्दा धेरै संक्रमित भिमसेन थापा गाउँपालिकामा दुई सय ३५ जना, गोरखा नगरपालिकामा दुई सय तीन जना, शहीदलखन गाउँपालिकामा एक सय जना रहेका छन् । यो तथ्याङ्क पालिका भित्रै स्वाब परीक्षण गरिएकाहरुको हो ।
जम्मा परीक्षणको करिब ३२ प्रतिशत संक्रमित भेटिएको छ । अधिकासं ३१ देखि ४० वर्ष उमेरका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
मंगलवार साँझ सम्म कोभिड अस्पतालमा उपचाररत संक्रमितको संख्या गोरखाका १३ र आइशोलेसन सेन्टरमा उपचाररत चार जना रहेका छन् । अन्य संक्रमित भने होम आइशोलेसनमा छन् ।




