| आइतवार, कार्तिक २२, २०८३

फेरी गयो गोरखा पराकम्प

लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भुकम्प, गोरखा लगायत आसपासमा ठुलो धक्का महशुस

बुधबार बिहान लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गोरखा लगायत आसपासका जिल्लामापनि भुकम्पको ठुलो धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो।

भुकम्प लगत्तै बजार क्षेत्रमा मानिसहरु घर बाहिर निस्किएका थिए । राजधानी काठमाण्डौँ लगायतका ठाउँमा पनि भुकम्पको महशुस गरिएको थियो ।

२०७२ सालको गोरखा भुकम्पपछि बिभिन्न पराकम्प गईरहेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्