
कांग्रेस गाउँ समितिद्धारा २५ हजार थान मास्क बितरण
गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ का सबै घरधुरीलाई मास्क बितरण गरिएको छ । कांग्रेस गाउँ कार्य समितिको सहयोग र वडा कार्यालयको समन्वयमा २५ हजार थान मास्क बितरण गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका राजनीतिक परामर्श समिति सदस्य शुसासन श्रेष्ठले बताए ।
गाउँगाउँमा कोरोनाको संक्रमण दर बढेसँगै त्रास बढेकाले सर्वसाारणलाई सुरक्षित रहन अनुरोध गर्दै टोलसुधार समिति मार्फत घरघरमा मास्क पठाइएको वडा अध्यक्ष रामप्रसाद लामिछानेले बताए ।
कांग्रेस गाउँकार्य समिति र नाम्जुङबासीको सहयोगमा मास्क बितरण गरिएको उनले बताए । नाम्जुङका १८ वटा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई घरधुरी संंख्याका आधारमा मास्क बितरण गरिएको थियो ।
मास्क बितरण सँगै जनस्वास्थ्य प्रमुख कृष्ण भट्टराई र दिपेश बिकले मास्कको सही प्रयोग र कोरोनाबाट सुरक्षित हुने उपाएका बारेमा जानकारी गराएका थिए ।
उक्त अभियानमा कांग्रेसका गाउँपार्टी सभापति मानबहादुर खड्का, वडा अध्यक्ष लामिछाने, राजनीतिक परामर्श समिति सदस्य शुसासन श्रेष्ठ, दलित विद्यार्थी संघ गोरखाका उपाध्यक्ष दिपेक विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।





