| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालमा कोरोनाले थप एकजनाको मृत्यू


गोरखा अस्पतालमा कोरोनाका कारण थप १ जनाको मृत्यू भएको छ । गोरखा नगरपालिका ८ चाइनिजधाराका ४८ बर्षीय एक पुरुषको गएराती साँढे ११ बजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको छ ।


कलेजो र सुगरका दीर्घ रोगी उनलाई आइतबार साँझ साँढे सात बजे गोरखा अस्पताल भर्ना गरिएको थियो । उनको एण्टिजेन परीक्षणमा पोजेटिभ देखिएको र न्यूमोनिया पनि भएको अस्पतालले जनाएको छ ।


यससंगै गोरखामा कोरोनाका कारण मृत्यू हुनेको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्