| आइतवार, कार्तिक २२, २०८३

गोरखामा संक्रमित ६८५, निको हुने १२९ जना, ११६१ को रिपोर्ट आउन बाँकी

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएसँगै गोरखामा संक्रमणको दर ह्वातै बढेको छ ।

गोरखा भित्रै स्वाब दिएका मध्ये ६ सय २० जना र जिल्ला बाहिर स्वाब दिएका ६५ जना गरी छ सय ८५ जना संक्रमित भएका छन् ।
जिल्ला भित्र स्वाब दिएर पिसिआर जाँच गरेका मध्ये ९५ जना र जिल्ला बाहिर पिसिआर जाँच गरेका ३४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यो सँगै कोरोना उपचारपछि निको हुनेको संख्या एक सय २९ पुगेको छ ।

आईतवार बिहान सम्म पाँच सय ४६ जना संक्रिय संक्रमित गोरखामा रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
बिभिन्न पालिकाको गरी एक हजार एक सय ६१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्