
गोरखामा ९५ जनाले जिते कोरोना
गोरखामा शुक्रवार सम्म ९५ जनाले कोरोना जितेका छन् ।
संक्रमण भएको दुई सातासम्म स्वास्थ्यमा समस्या नआएमा कोरोना निको हुने स्वास्थ्यकर्मीले बताएका छन् ।
संक्रमित मध्ये भिमसेन थपा गाउँपालिकाका ६०, गोरखा नगरपालिकाका २७, पालुङटार नगरपालिकाका ७ र गण्डकी गाउँपालिकाका १ जनाले कोरोना जितेका छन् ।
छ सय भन्दाबढी संक्रमित मध्ये बाँकी आइशोलेसनमा उपचाररत छन् ।
संक्रमित गोरखाका ११ वटै पालिकामा छन् । बारपाक सुलिकोट र चुमनुब्रीमा संक्रमण दर कम देखिएको छ भने भिमसेन थापा गाउँपालिका, गोरखा, पालुङटार नगरपालिका, आरुघाट र शहीदलखन गाउँपालिकामा कोरोना संक्रमण बढी देखिएको छ ।




