
शहीदलखन र पालुङटारका मृतक दुबैलाई कोरोना पुष्टि
उपचारको क्रममा मृत्यू्र भएका शहीदलखन गाउँपालिका र पालुङटार नगरपालिकाका दुबै पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । दुबैलाई कोरोना पुष्टि भएको नगर र गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यू भएको थियो ।
छिमेकमा कोरोना संक्रमण देखिएपछि बैशाख २७ गते उनले पिसिआर परीक्षका लागि स्वाब दिएको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए ।
स्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रवार २ बजे आँपपिपल अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका बस्नेतलाई केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ४ का बाबुराम लामिछानेको उपचारको क्रममा मृत्यू भएको छ । बैशाख २८ गते घर नजिकै स्वास्थ्य संस्थामा कोरोना परीक्षणका लागि उनले स्वाब दिएका थिए । दुबै जनाको मृत्यू पछि रिपोर्ट पोजेटिभ आएको हो ।
बिरामीको मृत्यू भएपछि नगर र गाउँपालिकाको स्वास्थ्य शाखाले जनस्वास्थ्य प्रयोगशाला पोखरामा तत्काल रिपोर्ट पठाईदिन भनेका थिए । मृतकको परिवारले दाहासंस्कार गर्न पिसिआर रिपोर्ट छिटो मागेपछि प्रयोगशालाले पठाइदिएको हो ।




