| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको भुम्लिचोकमा कुखुराको खोरमा चितुवा पसेपछि

गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित विजौरे गाउँका टंकनारायण श्रेष्ठको कुखराको खोरमा पसेको चितुवाको दुई दिनपछि उद्धार गरिएको छ ।

मंगलबार कुखुराको खोरमा पसेको चितुवाको बिहीबार साँझ उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए ।

करिब ६ वर्षको चितुवाको सामान्य उपचारपश्चात शुक्रबार जंगल क्षेत्रमा छाडिएको पौडेलले बताए ।

चितवनबाट आएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीको सहयोगमा चितुवाको उद्धार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्