| सोमवार, कार्तिक २३, २०८३

गोरखामा ४८४ सक्रिय संक्रमित, ११७६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

गोरखामा बिहिवार सम्म स्वाब संकलन गरिएका मध्ये एक हजार एक सय ७६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
हाल सम्म दुई हजार आठ सय जनाको पिसिआर जाँच गरिएको छ । ति मध्ये अन्यको भने रिपोर्ट आईसकेको छ ।

पाँच सय ७ जनाको जिल्ला भित्रै र ६३ जना जिल्ला पोजेटिभ देखिएका छन् । जिल्ला बाहिर पिसिआर जाँच गराएका तर पोजेटिभ रिपोर्ट आएकाहरु जिल्लामै स्वारेन्टिनमा बसेका छन् ।
एन्टिजिनबाट ५० जनाको पिसिआर जाँच गरिएकोमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

गोरखामा शुक्रवार बिहान सम्म संक्रिय संक्रमितको संख्या चार सय ८४ छ ।

प्रतिक्रिया दिनुहोस्