
गोरखा नगरपालिकामा बिहिबार नौ जना संक्रमित थपिए
गोरखा नगरपालिकामा बिहिबार नौ जना कोरोना संक्रमित थपिएका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आइतबार स्वाव लिइएकाहरुमध्ये पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको हो ।
वडा नं. १ का तीन पुरुष र दुई महिला, वडा नं. २ का १७ बर्षका एक पुरुष, वडा नं. ६ का ४२ बर्षका एक पुरुष र ३६ बर्षका एक महिला र वडा नं. १२ की एक महिलामा कोरोना पुष्टि भएको शाखाका कोरोना फोकल पर्सन निश्चल अर्यालले जानकारी दिए ।
बिहिबार नगरपालिकाका ३६ महिला र ३९ पुरुष गरी ७५ जनाको स्वाब संकलन गरिएको अर्यालले बताए ।




