
सिरानचोक ४ को वडा कार्यालय राम्चे निर्धारण
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ को कार्यालय राम्चे निर्धारण भएको छ । बिहिवार भएको सातौँ गाउँसभाले वडा नम्बर ४ को कार्यालयले खेपुवाबाट राम्चे सार्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
गाउँ सभामा उपस्थित ३६ जना मध्ये अध्यक्ष बाहेक ३५ जनाले मतदान गरेका थिए । उपस्थित ३५ जना ले नै खेपुवा बाट राम्चे वडा कार्यालय सार्ने पक्षमा मतदान गरेका थिए । ४३ गाउँसभा सदस्य मध्ये सात जना भने अनुपस्थित रहे । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर गाउँ सभा गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।




