
गोरखामा एक साता बैंकको आकस्मिक सेवा मात्रै, शहकारी, लघुबित्त, इन्सुरेन्स नखुल्ने
गोरखाका निषेधाज्ञा दुई साता लम्बिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनिकरणका लागि निषेधाज्ञा जेठ १५ गते सम्म गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । पहिलो पटक गरिएको भन्दा निषेधाज्ञालाई कडाई गरिएको छ ।
निषेधाज्ञाका क्रममा गोरखा सदरमुकाम भित्रका बैंकबाट आकस्मिक बाहेकका सेवा बन्द हुने निर्णय बैठकले गरेको छ । जेठ सात गते सम्म बैंकले आकस्मिक मात्रै सेवा दिन पाउनेछन् । यस्तै लघुबित्त, बित्तिय संस्था, शहकारी, इन्सुरेन्सको सेवा जेठ १५ सम्म पूर्ण रुपमा बन्द हुने भएको छ । यस अघि यी सबै सेवा खुल्ला थिए । सरकारी कार्यालयको पनि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ ।
निर्माण सामग्रीको पसल बेलुकी ७ देखि ९ र खाद्यान्नका पसल बिहान ५ देखि ९ बजे सम्म संचालन गर्न पाउने निर्णय डिसिसिएमसीले गरेको छ । औषधी पसलहरु भने २४ सै घण्टा खुल्नेछन् । निर्माण सामग्री बोकेका सवारी साधन ट्याक्टर, टिपर लगायतका साधन राती ७ देखि बिहान ५ बजे सम्म मात्र चल्न पाउनेछ । निर्माण सामग्री, खाद्यान्न ढुवानीको बाहनामा यात्रु बोक्ने सवारी साधनलाई प्रहरीले चेकजाँच गरि कडा कारवाही गर्ने जनाएको छ । उद्योग तथा सार्वजनीक निर्माण कार्यमा संलग्नहरु निर्माण स्थल नजिकै बस्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर निर्माणका काम गर्न सक्नेछन् ।
यस अघि निमाण सामग्री र बैंक, बित्तिय संस्थालाई दिनभर खुल्ला रहन दिइएको थियो । बजारमा मानिसको चहलपहल बढ्न थालेपछि डिसिसिएमसीको बैठकले बिहिवार निषेधाज्ञा थप कडा बनाउने निर्णय गरेको हो । निर्माणका काममा खटिएका मजदुरहरु कार्यस्थलमै बसेर काम गर्न भने पाउनेछन् ।
गोरखा जिल्ला बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द हुने भएको छ । डिसिसिएमसीको बैठकले नयाँ ठाउँमा आइशोलेसन निर्माण, ब्यवस्थापन संचालन गोरखा नगरपालिका भित्र नगरपालिकाले गर्ने, त्यहाँ चिकित्सकिय सेवा गोरखा अस्पतालले दिने निर्णय गरेको छ । सुरक्षा समितिले आइशोलेसनको सुरक्षा ब्यवस्था मिलाउने, आइशोलेसन निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट ५० लाख माग गर्ने निर्णय गरिएको छ ।
निजी अस्पतालले जिल्ला स्थित आइशोलेसन केन्द्रमा आवश्यकता अनुसार जनशक्ति, वेड, औजार तथा स्वास्थ्य सामग्री उपब्लध गराउने,
साथै बैठकले पार्टी कार्यालय भबन आइशोलेसन निर्माण गर्न उपलब्ध गराएकोमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, उद्योग बाणिज्य संघलाई धन्यवाद ज्ञापन गरेको छ ।




