| सोमवार, कार्तिक २३, २०८३

आज सिरानचोक गाउँपालिकाको गाउँसभा

सिरानचोक गाउँपालिकाले बिहिबार(आज) सातौँ गाउँसभा गर्ने भएको छ । विभिन्न पाँच वुँदे एजेण्डासहित गाउँपालिकाले हिउँदे सभा आव्हान गरेको हो ।
वडा नं. ४ को वडा कार्यालय राम्चेमा तोक्ने सम्बन्धमा, कोभिड १९ व्यवस्थापन कोषमा बजेट थप गर्ने सम्बन्धमा, वडा नं ३ को आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण स्थल पोखरा गाउँको सिमलफेदीमा तोक्नुपर्ने, चालु आर्थिक बर्षको बजेट संशोधन सम्बन्धमा र विविध ऐन पारित गर्नुपर्ने भएकाले गाउँसभा आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
‘कोरोना माहामारी रोकथाम नियन्त्रणको योजना बनाउन, बजेट बिनियोजन गर्न पनि गाउँ सभा गर्नुपर्ने छ’ उनले भने । गाउँ सभा गर्ने विषय स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्ने विषय भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष गुरुङले नेपाल सरकारको सिसिएमसी र जिल्ला स्तरको डिसिसिएमसीले निर्देशन गरेका सुरक्षाको मापदण्ड पालना गर्ने बताएका छन् ।


वडा नं. ४ का अध्यक्ष दीपक हमालले भने कोभिड १ कोरोना महामारीको त्रासका बीच जिल्लास्तरीय कोभिड १९ विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)का प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी गाउँसभा स्थगितका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्