| आइतवार, कार्तिक २२, २०८३

कोरोनाका कारण गोनपा १२ का एक युवकको मृत्यू

गोरखा नगरपालिका वडा नम्बर १२ का एक युबकको कोरोनाका कारण ज्यान गएको छ ।

दशकिलोका ३२ वर्षिय कुमार तामाङको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बुधवार बिहान मृत्यू भएको हो ।

१० दिन अघि कोरोना संक्रमित भएका उनलाई बैशाख २५ गते गोरखाबाट पोखरा रिफर गरिएको थियो ।

हिमालय युवा समाजका सदस्य समेत रहेका तामाङको निधन प्रति समाजले दुःख ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेको अध्यक्ष मनोज देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्