| आइतवार, कार्तिक २२, २०८३

भीमसेन थापा २ मा वडा कार्यालयले बनायो अक्सिजन सहितको आइशोलेसन

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ तान्द्राङमा चार वेडको आइशोलेसन निर्माण भएको छ । वडा कार्यालय, सिद्धकाली टोल बिकास संस्था सहित बिभिन्न ब्यक्तिको सहयोगमा अक्सिजन सिलिण्डर सहितको आइशोलेसन बेड तयार गरिएको वडा अध्यक्ष नारायण भट्टराईले बताए ।
कोरोनाको संक्रमण दिनदिनै बढेको, ठुला अस्पताल बिरामीले भरिएपछि वडाबासीले समयमै उपचार पाउन भन्ने उद्दश्यले गाउँमै आइशोलेसन निर्माण गरिएको वडा अध्यक्ष भट्टराईले बताए । भीमसेन थापा गाउँपालिकामा पनि कोरोना संक्रमण दर उच्च रहेकाले पूर्व तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्