| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनीको अल स्टार क्लवले आफ्नो भबन आइशोलेसन बनाउन गाउँपालिकालाई दियो

अल स्टार क्लब आँबुखैरेनी तनहुँले आफ्नो भवन आइसोलेशन निर्माणका लागि गाउँपालिकालाई दिएको छ ।

कोरोनाको संक्रमित संख्या दिनदिनै बढ्दै गएको समयमा आइसोलेशनको लागि भवन अभाव हुन नदिन तथा कोरोनाको संक्रमण न्यूनिकरणमा सहयोग पु¥याउन क्लबको भवन गाँउपालिकालाई दिइएको अध्यक्ष निदेश केसीले बताए।

क्लबका अध्यक्ष दिनेश केसी र गाउँपालिका अध्यक्ष गिर बहादुर थापाबीच क्लबको भवन आइसोलेशनको लागि प्रयोग गर्न दिईने बिषयमा सहमति भएको क्लबले जनाएको छ ।

कोरोनाको संक्रमण न्यूनिकरण तथा रोकथाम गर्नका लागि सबैको कर्तव्य र सहयोग आवश्यक भएकोले क्लबको तर्फबाट आइसोलेशन निर्माणका लागि भवन दिईने क्लबका अध्यक्ष केसीले जानकारी दिए । सो भवनमा ५ सैय्या को आइसोलेशन कक्ष बनाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्