
आरुघाटमा १३ र अजिरकोटमा ९ जना संक्रमित थपिए
गोरखाको आरुघाट गाउँपालिकामा १३ र अजिरकोट गाउँपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । आरुघाट गाउँपालिकामा सात जना महिला र छ जना पुरुष संक्रमित भएका छन् । अजिरकोट गाउँपालिकामा पाँच जना पुरुष र चार जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
अजिरकोट गाउँपालिका वडा नम्बर ३ का पाँच जना, ४ को तीन जना, ५ को एक जना रहेका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ८ को १० जना, ७ को दुई जना, पाँच को एक जना रहेका छन् । उनीहरु होम आइशोलेसनमा रहेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।




