
गोरखा नगरपालिकामा ४५ जना कोरोना संक्रमित थपिए
गोरखा नगरपालिकामा आइतवार ४५ जना कोरोना संक्रमित थपिएका छन् । २३ गते गरिएको उक्त स्वाब संकलनको रिपोर्ट आज आएको हो ।
गोरखा नगरपालिका वडा नं. ६, ७,८,११ र १२ मा गरि जम्मा ४५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।




