| आइतवार, कार्तिक २२, २०८३

गोरखामा ५५ जना कोरोना संक्रमीत थपिए

गोरखामा आइतबार ५५ जना कोरोना संक्रमीत थपिएका छन् । भिमसेनथापा गाउँपालिकामा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ जसमा १८ जना पुरुष र १३ जना महिला रहेका छन् ।


पालुङटार नगरपालिकामा आठ जना महिला र पाँच जना पुरुष गरि जम्मा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


त्यस्तै शहिदलखन गाउँपालिकामा सात जना पुरुष र चार जना महिला गरि जम्मा ११ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । संक्रमित हुनेहरु सात वर्ष उमेदेखी ७८ वर्ष उमेरका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्