| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई पितृ शोक

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई पितृ शोक परेको छ । बस्नेतका पिता लिला बहादुर बस्नेतको ८१ वर्षको उमेरमा आइतबार निधन भएकोे हो । विगत दुई वर्षदेखी उच्च रक्तचाप, दम र नशा सम्बन्धी उपचार गराइरहेका गोरखा नगरपालिका वडा नं. ३ घलाङ निवासी लिला बहादुर बस्नेतको मस्तिष्कघातका कारण आइतबार विहान घरमै निधन भएको उनका नाति बिनय बस्नेतले जानकारी दिए ।
उनको आइतवार नै स्थानीय दरौँदी रात्ढुङगा घाटमा अन्त्यष्टी गरिएको छ । एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत उनका जेठा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्